

-
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गएराति नवलपरासीको दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । उनले सडक निरीक्षणपछि निर्माण कार्यलाई तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
दाउन्नेमा सडक विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफैँ अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल थप्न पनि निर्देशन दिएका छन् । उनले अबका दुई महिनामा यात्रु तथा गाडी सहज रूपमा सञ्चालन हुन सक्ने गरी सडक तयार गर्न निर्देशन दिए ।
दाउन्ने सडक खण्डमा लामो समयदेखि यात्रुले सास्ती खेप्दै आएका छन् । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक योजनाले झन्डै १ सय १४ किलोमिटर समेट्छ । दाउन्नेबाट पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा बाँडेर सडक विस्तारको काम भइरहेको छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डमा नवलपरासी बर्दघाट–सुस्तापूर्व जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्छ । पश्चिमी खण्डमा नवलपरासी बर्दघाट–सुस्तापश्चिमको दाउन्नेदेखि रूपन्देहीको बुटवलसम्म झन्डै ४९ किलोमिटर लामो सडक पर्छ ।
News Desk 0 response आइतवार, पुस ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


