

-
काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ । हिजो भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित एमालेको ११औँ महाधिवेशन उद्घाटन भएको थियो ।
आज बिहान काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । देशभरबाट छानिएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र ७ जना सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी सदस्य चयन गर्नेछ । सहमतिमै नेतृत्व चयनको प्रयास र त्यो नभए मतदानमार्फत नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाइसकेको छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । दुवै नेताले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । दुवैले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव लगायत पदाधिकारीको प्यानल बनाउने गृहकार्य थालेका छन् ।
महासचिवमा ओली पक्षबाट वर्तमान महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्धय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले दाबी गर्दै आएका छन् । यस्तै ईश्वर पोखरेल पक्षले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जनालाई महासचिवको उम्मेदवार बनाउने तयारी गरेको छ । उपाध्यक्ष र सचिवमा पनि दुवै समूहका धेरै नेताहरूले आकाङ्क्षा देखाएका छन् ।
पदाधिकारीमा आकाङ्क्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न कठिन हुने देखिएको छ । नवयुवा आन्दोलनपछिको राजनीतिक परिस्थिति भएकाले पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा ४० वर्ष हाराहारी उमेरका नेताको प्रतिनिधित्व बढाउन एमालेभित्र आवाज उठिरहेको छ । महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा करिब चार सय छन् ।
News Desk 0 response आइतवार, मंसिर २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
रवि लामिछाने आज काठमाडौँ फर्किँदै
शनिबार, पुस ५, २०८२ -
आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा..
शनिबार, पुस ५, २०८२ -
ट्रम्पले रोके अमेरिकी डीभी लोटरी
शुक्रबार, पुस ४, २०८२ -
एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ ?..
शुक्रबार, पुस ४, २०८२ -
रास्वपा सभापति रवि लामिछाने रिहा
शुक्रबार, पुस ४, २०८२
-
रवि लामिछाने आज काठमाडौँ फर्किँदै
शनिबार, पुस ५, २०८२ -
आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा..
शनिबार, पुस ५, २०८२ -
ट्रम्पले रोके अमेरिकी डीभी लोटरी
शुक्रबार, पुस ४, २०८२ -
एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ ?..
शुक्रबार, पुस ४, २०८२ -
रास्वपा सभापति रवि लामिछाने रिहा
शुक्रबार, पुस ४, २०८२
-
अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा मृत्यु..
सोमवार, मंसिर ३०, २०८२ -
माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन,..
बुधबार, मंसिर २५, २०८२ -
साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे युक्रेन ‘चुनावका लागि..
बुधबार, मंसिर २५, २०८२ -
एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय..
शुक्रबार, मंसिर २७, २०८२ -
एमाले अध्यक्षमा ओली र पोखरेलको रोचक भिडन्त
सोमवार, मंसिर ३०, २०८२



