

-
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसेका छन् करनबहादुर ऐर। ६५ वर्ष नाघ्नै लागेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।
उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन् । बजार उनलाई धेरैले नामले भन्दा पनि मेहेनतले चिन्छन् । ठेलामा सजाइएका थरिथरिका फलफूल, खेलौना, विस्कुट, चाउचाउ, कुरकुरे, बदामलगायत सामान धेरै छैनन्, तर ऐरका लागि ती नै परिवार धान्ने आधार हुन्।
दशक अघिदेखि सुरु गरिएको यो व्यापार अहिले स्थिर आयस्रोत बनेको छ । करिब २० हजार रुपैयाँ लगानीबाट चलेको ठेलाले उनलाई दैनिक एक हजारदेखि एक हजार ५०० रुपैयाँ सम्म कमाइदिन्छ । सडक छेउकै ठेला भएकाले सवारीसाधनका चालक, परिचालक, सडकमा हिँड्ने यात्रु उनका ग्राहकका रूपमा रहने गर्दछन् ।
‘ठेलाको कमाइ घरखर्च, लत्ताकपडा, औषधोपचारलगायत लागि पुग्छ’, उनी भन्छन्, ‘पाखुरी चल्दासम्म अरुको भर पर्नुपरेको छैन, जति कमाइ हुन्छ त्यसबाट घर चलेको छ, अरूकहाँ हात पसार्नु मन पर्दैन।’ ऐरका दुई छोरा भए पनि उनको आफ्नै काम छ। छोराहरूको कमाइमा भने ऐर दम्पतीले अहिलेसम्म भर पर्नुपरेको छैन ।
उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् । व्यवसायमा उनको सबैभन्दा ठूलो सहाराका रूपमा श्रीमती छिन्। ‘दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ’, उनी भन्छन् ।
ठेलामा समान बेच्ने मात्र नभई ऐर गाउँका पुराना अगुवा पनि छन्। तत्कालीन झलारी गाउँविकास समितिका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य, अनि असिग्राम माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष भएर कार्य गरेका यी सबै भूमिका उनका समाजसेवा र नेतृत्वका प्रमाणका रूपमा रहेका छन्।
जीवनका सबैभन्दा ऊर्जाशील वर्षहरू उनले समुदायका काममा खर्चिएका छन् । ‘समाजका लागि सकेजति गरेँ’, उनी भन्छन्, ‘अब बाँकी जीवनका लागि आफैँले केही गर्नुपर्छ ।’ झलारी बजारमा आवतजावत गर्ने जोकोही पनि उनको अनुशासन, समयपालन र ग्राहकसँगको व्यवहारबाट प्रभावित हुन्छ।
उनी चर्को आवाजमा बोल्दैनन्, तर उनको विनम्र व्यवहारले धेरैलाई आकर्षित गर्छ। उनलाई धेरैजसोले सभापति भनेर पनि चिन्ने गर्दछन् । सभापतिज्यू भनेपछि मुस्कुराएर विनम्र स्वरमा बोल्ने बानीले सबैले उनको आदर गर्ने गर्दछन् । जब साँझ पर्छ बजार सुस्ताउँदै जान्छ। नजिकैका पसल र होटलमा बत्ती बल्न थाल्छन् ।
त्यही बेला ऐर आफ्नो ठेलामा भएका समान समेटेर नजिकका पसलमा राखेर घर फर्कन्छन् । त्यो प्रक्रिया दैनिक दोहोरिरहन्छ । तर ऐरका कदम थाक्दैनन् । किनकि थकानले उनलाई रोक्दैन– जीवनले सिकाएको आत्मनिर्भरता अगाडि बढिरहन्छन्।
News Desk 0 response शुक्रबार, मंसिर २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


