• About
  • Advertisement
  • Contact
  • Monday 5th , October 2026 | सोमवार, अशोज १९, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति


  • भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनः निर्माण योजना तयार गर्न गठित समितिद्वारा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन पेस गर्नुहुँदै समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ । तस्बिर साैजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

    काठमाडौं : गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ ।

    क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १ सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ ।

    आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ पालिकामा क्षति भएको थियो । प्रतिवेदनअनुसार १२ हजार ६ सय ५९ वटा गाडी क्षति हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारीरसार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

    त्यसैगरी, दुई हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतिवेदन अनुसार सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत, प्रदेशको १० र पालिकाको २२ प्रतिशत छ ।

    प्रतिवेदन अनुसार आन्दोलनका कारण २ हजार ९ सय ९९ जनाको रोजगारी प्रभावित बनेको छ । साथै, १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर वस्तु तथा सेवा उत्पादन प्रभावित भएको छ ।

    News Desk   0 response     शुक्रबार, मंसिर २७, २०८२ 

सम्बन्धित शीर्षकहरु

लुम्बिनीमा बिहानैदेखि भारी वर्षा

लुम्बिनीमा बिहानैदेखि भारी वर्षा

सोमवार, अशोज १९, २०८३
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल

बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल

आइतवार, अशोज १८, २०८३
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको अद्भुत यात्रा

शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको अद्भुत यात्रा

आइतवार, अशोज १८, २०८३
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको सामान महंगो, सडक अवरोध नभएको तातोपानी खुलाउन पहल गर्न आवश्यक

चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको सामान महंगो, सडक अवरोध नभएको तातोपानी खुलाउन पहल गर्न आवश्यक

आइतवार, अशोज १८, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • लुम्बिनीमा बिहानैदेखि भारी वर्षा

    सोमवार, अशोज १९, २०८३
  • बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल

    आइतवार, अशोज १८, २०८३
  • साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण

    आइतवार, अशोज १८, २०८३
  • शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..

    आइतवार, अशोज १८, २०८३
  • चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..

    आइतवार, अशोज १८, २०८३
  • लुम्बिनीमा बिहानैदेखि भारी वर्षा

    सोमवार, अशोज १९, २०८३
  • बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल

    आइतवार, अशोज १८, २०८३
  • शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..

    आइतवार, अशोज १८, २०८३
  • चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..

    आइतवार, अशोज १८, २०८३
  • कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..

    आइतवार, अशोज १८, २०८३
  • प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..

    बुधबार, अशोज १४, २०८३
  • इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..

    शुक्रबार, अशोज १६, २०८३
  • खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..

    सोमवार, अशोज १२, २०८३
  • चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..

    आइतवार, अशोज १८, २०८३
  • रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..

    शुक्रबार, अशोज १६, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys