

-
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसअघि नेपाली महिला टोलीले भारतसँग मात्रै खेल्ने तय भए पनि इरानसँग पनि खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
एन्फाका अनुसार फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले सिलोङमा कात्तिक ७ गते इरानसँग र सिलोङमै घरेलु टोली भारतसँग कात्तिक १० गते खेल्नेछ । यसअघि नेपाल र भारतबीचको खेल कात्तिक ९ गते सिक्किममा हुने तय भएको थियो ।
नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । न्यौपानेले मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक टोलीको नाम सार्वजनिक गरिसकेका छन् ।
एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका फिफा प्रो लाइसेन्स प्राप्त बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो ।
नेपाली महिला टोलीले एशियन कप छनोटयता कुनै पनि खेल खेलेको छैन । फिफा वरीयतामा नेपाल ८९औं, भारत ६३औं र इरान ७०औं स्थानमा छन् ।
News Desk 0 response मङ्लबार, अशोज २१, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३


