

-
काठमाडौं : आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक २०१२ साल भदौ २२ मा पहिलो पटक जारी भएको स्मरणमा हरेक वर्ष आजको दिन निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती प्रशासनलाई स्थायी सरकारको रूपमा समेत लिने गरिन्छ । निजामती सेवामा झन्डै ८५ हजार कर्मचारी छन् ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा काठमाण्डौमा हुने मूल समारोहमा वर्षभरी भएको काममा कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कारको घोषणा गरिन्छ ।
निजामती कर्मचारीलाई ढिलासुस्ती, प्रक्रियामुखी, काम पन्छाउने, समयमा निर्णय नगर्नेलगायतको आरोप लाग्ने गर्छ । सरल, सहज र पारदर्शी ढङ्गले सेवा दिन सूचना प्रविधिमैत्री सेवा, योग्यता, क्षमता र आवश्यकताका आधारमा अवसर, सरुवा, बढुवा र पुरस्कारको व्यवस्थाले सेवा प्रवाहमा चुस्तता ल्याउने र पारदर्शीता बढ्ने कर्मचारीको बुझाइ छ ।
संविधानविद् एवम् पूर्व प्रशासक काशीराज दाहालले पनि सरकारी सेवालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग र पारदर्शिता हुनुपर्नेमा जोड दिनुभएको छ । अहिले निजामती सेवाका कर्मचारीले तीन तहका सरकार–सङ्घ, प्रदेश र पालिकामा बाँडिएर काम गरिरहेका छन् ।
News Desk 0 response आइतवार, भदौ २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



