

-
राजविराज (सप्तरी) : सङ्घीय लोकतान्त्रिक मोर्चा आबद्ध मधेसवादी दलहरूले संयुक्त जनजागरण अभियान सुरु गरेका छन् । मोर्चाले आज यहाँ राजविराजमा ‘वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान’ कार्यक्रम शुभारम्भ गरेको हो ।
कार्यक्रमका वक्ता नेताहरूले मधेशका राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा मिलेर जाने उद्घोष गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वीनारायण शाहदेखिकै शासकहरूले तराई–मधेसमा ‘औपनिवेशीकरण’ गरेको भन्दै आलोचना गरे । उनले राणाको समयमा मधेसका उब्जाउ जमिन राणा परिवारमा बाँड्ने काम र त्यसलाई पञ्चायत हुँदै हालको भूमि विधेयकसम्म आइपुग्दा निरन्तरता दिन खोजिएको आरोप लगाए ।
“राणाकालमा बक्सिकको नाममा यहाँको उर्वर भूमि आफ्ना मान्छेलाई बाँडियो । पञ्चायतमा पनि भूमिसुधार र हदबन्दीका नाममा बाँकी रहेका जग्गा हड्पने र पहाडका मान्छेलाई बसाउने काम भयो । पुनर्वास र बसोबास कम्पनीका नाममा पहाडी शासकले मधेस उब्जाउ जग्गा हडपियो । हालको विधेयकले पनि त्यस्तै समस्या निम्त्याउने हाम्रो बुझाइ छ”, अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवले सङ्घीयता समावेशिता, सङ्घीय गणतन्त्र र लोकतन्त्र मधेसी जनताको पक्षमा नदेखिएको भन्दै पहिचानका अधारमा पुनः संरचना गरिनुपर्ने जिकिर गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले एक हिसाबले गौर घटनाको राजनीतिक समाधान भइसकेको अवस्थामा बदनियतपूर्ण ढङ्गले मधेसी नेतामाथि आक्रमणको प्रयास भइरहेको बताउनुभयो । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा पनि मधेसी जनताले विभिन्न चरणको आन्दोलन गरेको स्मरण गर्दै फेरि सबै मिलेर आन्दोलन गर्नुपर्ने अवस्था आएको धारणा राखे ।
कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपा अध्यक्ष वृषेशचन्द्र लाललगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो भने राष्ट्रिय मुक्त पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
News Desk 0 response बिहिबार, भदौ १९, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


