

-
जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा झण्डा विवादका कारण सुरु भएको झडप आज पनि उग्र बनेपछि अवस्था तनावग्रस्त भएको छ।
धनुषाका एसपी नरहरि रेग्मीका अनुसार झण्डाको विषयमा दुवै पक्षबीच सहमति भएर मुस्लिम समुदायले राखेको झण्डा हटाइए पनि, हिन्दुपक्षको निकाल्न खोज्दा त्यसपछि हिन्दु पक्षबाट घरेलु हतियारसहित प्रहरीले आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको हो। उनका अनुसार अहिले स्थिति नियन्त्रणमा छ।
प्रशासन स्रोतका अनुसार, घटनास्थलमा करिब ४०० जना प्रहरी खटाइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब ८० राउण्ड हवाई फायर गरेको छ। सो क्रममा २५ भन्दा बढी प्रहरी घाइते भएका छन्। अहिले जनकपुरधाम क्षेत्रमा उच्च सतर्कता ९हाई अलर्ट० कायम गरिएको छ।
स्थानीय झन्डाचोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले लगाएको हरियो झण्डा हटाउने क्रममा हिजो नै विवाद चर्किएको थियो। गणेश पूजाको मूर्ति विसर्जनपछि फर्कने क्रममा झण्डा हटाउने प्रयास गर्दा दुई समुदायबीच झडप भएको थियो। त्यतिबेला प्रहरीले ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको र दुई जना घाइते भएका थिए।
आज बिहान दुवै समुदायका भद्रभलाद्मी र प्रहरी प्रशासनबीच सहमति भई मुस्लिम पक्षले लगाएको झण्डा हटाइए पनि, त्यसपछि हिन्दु पक्षले लगाएको झण्डा हटाउने क्रममा फेरि ढुंगामुढा र आक्रमण भएको हो।
हाल घटनास्थल र आसपासका क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। जनकपुरधाममा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।
News Desk 0 response आइतवार, भदौ १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३


