

-
काठमाडौं : खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल तथा कार्यालयका लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सब–इन्जिनियर शिवराज राईविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू पृथ्वी दाहाल र शेषकुमार पौड्याल, प्रधानाध्यापकहरू राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल, नयनकुमार राई, विद्यालयका लेखापाल सीता कार्की र भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङविरुद्ध मुद्दा दायर भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ मा श्री लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माण गर्दा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको अख्तियारले आज विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
विद्यालयको ४ कोठे आरसीसी भवन निर्माणका लागि ३० लाख रुपैयाँमा सम्झौता भएकोमा २ लाख ७२ हजार ३ सय २८ रुपैयाँ ६१ पैसा बराबरको मात्र काम देखिएको अख्तियारका प्रवक्त राजेन्द्रकुमार पौडेलले बताउनुभयो । उनीहरूले कानून र सम्झौता शर्त विपरीत हुँदै नभएको कामका लागि पटक पटक गरी २४ लाख रुपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरूसँग फरक–फरक रकम बिगो मागदाबी गरेको छ ।
News Desk 0 response आइतवार, भदौ १५, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


