

-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनको बेइजिङमा हुने सैन्य परेडको अवलोकन गर्ने भएका छन् ।
शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५औं शिखर सम्मेलनमा भाग लिन पर्सि शनिवार चीन जान लागेका प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ तारिख अर्थात् भदौ १८ गते हुने ७० मिनेट लामो परेडको अवलोकन गर्ने भएका हुन् ।
चीनको विदेश मन्त्रालयले आज बिहान आयोजित पत्रकार सम्मेलनमा २६ जना विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले परेड अवलोकन गर्ने जानकारी गराएको छ । यसमा नेपालका प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन लगायत छन् । उत्तर कोरियाली नेता उनको यो पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुनेछ ।
जापानी अतिक्रमणविरुद्ध चिनियाँ युद्ध तथा फासिस्टवाद विरोधी विश्वयुद्ध विजयको ८०औं वर्षगाँठका अवसरमा चीनले परेड प्रदर्शन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा चीनका सहायक परराष्ट्रमन्त्री हुङ लेइले यस पटकको परेड उच्चस्तरीय, प्रतिनिधित्वपूर्ण र व्यापक सहभागितामूलक हुने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको भोलिको बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेका छलफलका क्रममा यसबारेमा जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यसूची रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
News Desk 0 response बिहिबार, भदौ १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



