

-
काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ सरकारको ढुकुटी (वित्त) ४ खर्ब २ अर्ब रुपैयाँले घाटामा रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार यस आवमा सरकारको ढुकुटी ४ खर्ब २ अर्ब ४२ करोडले घाटामा रहेको छ ।
अघिल्लो आव २०८०–८१ मा सरकारी वित्त ३ खर्ब ७९ अर्ब ३८ करोडले घाटामा थियो । गत आव सरकारले गत आवमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो ।
राष्ट्र बैंकका अनुसार यस आवमा तीन वटै तहका सरकारको एकीकृत वित्त स्थिति १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँले बचतमा छ । यसबाट केन्द्र सरकारबाट हस्तान्तरण हुने रकम तल्ला सरकारमा गएर थुप्रिने तर खर्च नहुने समस्या दोहोरिएको देखिन्छ ।
गत आव सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब ११ करोड रहेको छ । यसमध्ये चालु खर्च ९ खर्ब ८० अर्ब ३८ करोड र पूँजीगत खर्च २ खर्ब २२ अर्ब ६८ करोड छ । वित्तीय व्यवस्थातर्फको खर्च ३ खर्ब २० अर्ब ५ करोड छ ।
यस आव राजस्व परिचालन भने ११ खर्ब ८९ अर्ब ८२ करोड रहेको छ । जसमा प्रदेश र स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत उल्लेख छ । उठेको राजस्वमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व १ खर्ब २० अर्ब ९४ करोड छ ।
वित्त घाटा पूर्ति गर्न सरकारले गत आव ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण परिचालन गरेको छ । वाह्य ऋण भने १ खर्ब २५ अर्ब ४० करोड लिएको छ । यस आवमा आन्तरिक ऋण भुक्तानी भने २ खर्ब ४३ अर्ब ९१ करोड बराबर भएको छ ।
असार मसान्तसम्म सरकारको कुल बक्यौता ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रहेको छ । यसमा वाह्य ऋण १४ खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ । यो कुल गार्हस्थ उत्पादनको तुलनामा ४३.७१ प्रतिशत हो । अघिल्लो वर्षसम्म नेपाल सरकारका खातामा १ खर्ब ३० अर्ब ७३ करोड मौज्दात रहेको देखिन्छ । जुन स्थानीय र प्रदेश सरकारका खातामा रहेको समेत रकम हो ।
News Desk 0 response आइतवार, भदौ ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



