

-
काठमाडौं : जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले जानकारी दिए ।
अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शङ्कास्पद उपचाररत बिरामीको सङ्ख्या बिस्तारै घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताए ।
अस्पतालमा झाडापखालाका नयाँ बिरामीहरू आउने क्रम घट्दै
वीरगञ्जका अस्पतालहरूमा झाडापखालाका नयाँ बिरामीहरू आउने क्रम घट्दै गएको छ । यसअघि हिजो नारायणी अस्पतालमा ७३, तराई अस्पतालमा ५० र अन्य अस्पतालहरूमा पनि बिरामीको सङ्ख्या अत्यधिक थियो ।
गएको साउन २४ गते वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ बाट झाडापखालाका बिरामीहरू देखा पर्न थालेका हुन् । गएको बिहीवारदेखि वडा १२ नम्बरसँगै ११, १३, १४ र १६ सम्मका झाडापखालाका बिरामीहरू अस्पतालमा भर्ना हुनेको चाप बढेको थियो ।
किन देखियो त वीरगञ्जमा हैजा ?
वीरगञ्ज महानगरपालिकाका ५ वटै वडामा देखिएको हैजाको मुख्य कारण पानी नै हुनसक्ने प्रारम्भिक अनुमान छ । १२ नम्बर वडाबाट फैलिएको झाडापखालाका बिरामीलाई हैजा भएको होरहोइन भनेर प्रारम्भिक परिक्षणमात्रै भएको र विस्तृत अध्ययनको नतिजा आउन अझै केही दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताए । मुख्य के कारणले हैजा भएको हो भनेर पत्ता लगाउनका लागि कल्चरको रिपोर्ट नै पर्खनुपर्ने पनि उहाँले जानकारी दिनुभयो ।
महामारी फैलन नदिन के प्रयास हुँदैछ ?
महामारी फैलन नदिन घरघरको पानी परीक्षण कार्य शुरू भएको छ । घरघरको पानीको अवस्था के छ पहिचानका लागि जनचेतना अभिवृद्धिका काम पनि हुँदैछ । ‘पानी उमालेर वा पियुष मिसाएर शुद्धीकरण गरेर मात्रै खान भनेका छौँ । जनचेतना फैलाउनका लागि महानगरसँग मिलेर घरघरमा ब्रुसर बाँड्ने काम पनि जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको छ’, झाले भन्नुभयो ।
प्रकोप फैलन नदिनका लागि वीरगञ्ज महानगरपालिकाले पनि हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम शुरू गरेको छ । पालिकाले कुन मुहानबाट पानी खराब भएको हो भनेर पहिचानका लागि काम शुरू गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले मोबाइल भ्यानसहित पानी परीक्षणको कार्य अगाडि बढाएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द ठाकुरले जानकारी दिनुभयो ।
झाडापखालाको प्रकोप फैलिएमा नारायणी अस्पतालमा आईसीयूसहितको ५० शय्या क्षमता भएको २ वटा वार्ड छुट्याइएको छ । नेशनल मेडिकल कलेजलाई समेत ‘अलर्ट’ मा राखिएको छ । साथै प्रदेशअन्तर्गतका १ सय र २ सय शय्याका अस्पतालमा १० प्रतिशत शय्या आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
News Desk 0 response आइतवार, भदौ ८, २०८२

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



