

-
पाल्पा : नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६ औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा हर्सोल्लासका साथ निकालिएको हो ।
यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई १२ः ३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् ।
जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो । पञ्चेबाजा, लाखेनाच, भजनकीर्तनसहित सांस्कृतिक झाँकीद्वारा रथलाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई विसर्जन गरिने मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए ।
अहिले नगरका विभिन्न स्थानमा रथ परिक्रम गर्ने काम भइरहेको जनाउँदै उनले रथलाई मध्यरातमा पञ्चबलिसहित सलामी अर्पण गरी विधिवत् रूपमा पूजाआरधाना गरिएको बताए । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको बाक्लो उपस्थिति छ ।
जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देहीलगायत जिल्लाबाट श्रद्धालु भक्तजन यहाँ आएका छन् । रथयात्रामा सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति बलाधिकृत रथी अशोकराज सिग्देल, प्रदेशका मन्त्री, सङ्घीय सांसद, प्रदेश सांसदलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहेको समितिले जनाएको छ ।
जात्रा अवलोकनमा आएका अर्थमन्त्री पौडेल र पर्यटनमन्त्री पाण्डेले ऐतिहासिक भगवती ९सिन्दुर० जात्राको अत्यन्त महत्त्व रहेकाले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनुका साथै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । करिब पाँच हजार भक्तजनले जात्राको प्रत्यक्ष अवलोकन गरेका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
ऐतिहासिक महत्त्व बोकेको यस जात्रालाई राष्ट्रिय पर्वका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा समितिका अध्यक्ष महर्जनले जोड दिए । सरकारले प्रचारप्रसार, पूर्वाधार विस्तारलगायत क्षेत्रका लागि आवश्यक सहयोग गरे धार्मिक पर्यटन प्रवर्द्धन गर्न जात्राले महत्त्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे ।
नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने यस्ता ऐतिहासिक महत्त्वका विषयमा अनुसन्धान गरी जात्रा र राष्ट्रियताबीच एकता खोज्नुपर्ने इतिहासका जानकार राजेन्द्रगोपाल सिंहले बताए । सरकारले पनि यसको महत्त्वलाई प्रवर्द्धन गर्न जात्रालारई राष्ट्रिय पर्वका रूपमा सम्बोधन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
अङ्ग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरी यो जात्रा मनाउन थालिएको समितिका सदस्य सचिव प्रकाशनाथ गङ्गोलले बताए । ‘आफ्नो साम्राज्यमा आफूलाई अब्बल दर्जाको ठान्ने अङ्ग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाउने गरिएको हो’, उनले भने ।
श्रीकृष्ण जन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजिरसिंह थापाको तरबार हातमा लिइ रथ परिक्रमाका लागि राखिने भगवतीको मूर्तिलाई खटमा राखी भोलिपल्ट शुभसाइतमा सेनाको गोरखदलले बढाइँका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने परम्परा रहेको सदस्य सचिव गङ्गोलले जानकारी दिए ।
‘यसै क्रममा काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजिरसिंह थापाको दलमुखी आँट एवं रणकौशल र भगीरथ जैसीको सहकार्य हरेक नेपालीको मनको अन्तरकुन्तरमा उर्लेर आएको राष्ट्रिय भावना जयजयकारको स्वरले गुञ्जायमान हुने गर्दछ’, उनले भने ।
कर्णेल थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा विसं १८७६ देखि निरन्तर रूपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहँदै आएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।
कर्णेल थापाले युद्धमा विजयी भएमा प्रस्तरको सोह्रबाहु भएको महिषासुर मर्दिनी भगवतीसामु सिन्दुर जात्रा गर्ने भाकल गरेका थिए । उनका अनुसार दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको इतिहासका जानकारले बताउने गरेका छन् ।
News Desk 0 response आइतवार, भदौ १, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


