

-
काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् ।
आज दिउँसो १ बजे भारतीय वायुसेनाको विमानबाट काठमाडौं ओर्लेपछि मिश्रीले समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी छ ।
मिश्रीको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ ।
परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयहरूमा दुई परराष्ट्र सचिवबीच कुराकानी हुने उल्लेख छ ।
भारतको विदेश मन्त्रालयले पनि भारत र नेपालबीच बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विज्ञप्तिमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्तामा प्रधानमन्त्री भारत भ्रमणका एजेण्डाको द्विपक्षीय तयारी गरिने छ ।
यसपटक मोदी र ओलीबीच बिहार राज्यको बोधगयामा औपचारिक भेटवार्ता गराउने तयारी छ । बोधगया बुद्धले ज्ञान प्राप्त गरेको स्थान मानिन्छ ।
News Desk 0 response आइतवार, भदौ १, २०८२

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



