• चितवन : सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

    दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपछि सवारी साधन गन्तव्यमा लागेका छन्।

    पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६(००३ प ३८१६ नं। को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो । त्यसक्रममा स्कुटरमा रहेका चितवन रत्ननगर न।पा।३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।