• काठमाडौ ।

    अर्थ मन्त्रालय अन्र्गतका १२ सहसचिवहरूको कार्यक्षेत्र हेरफेर भएको छ । मन्त्रालयको निर्णय अनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ ।

    त्यस्तै, भन्सार विभागका महानिर्देशकलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखा तानिएको छ । उनको ठाउँमा मन्त्रालयमा सहसचिव श्याम प्रसाद भण्डारीलाई पठाइएको छ ।