• काठमाडौं : सर्वाधिक बेरुजु हुने १० वटा मन्त्रालयलाई संसद्को सार्वजनिक लेखा समितिले आउँदा दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फर्छ्योयटमा लाग्न निर्देशन दिएको छ ।

    मन्त्रालयका अधिकारीहरूसँग आजको छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिनका लागि बेरुजु फर्छ्योटलाई विभागीय अधिकारीहरूको कार्यसम्पादनसँग जोड्नसमेत भनेको छ ।

    यस्तै समितिले ५७औं महालेखाको प्रतिवेदनदेखिका बेरुजुहरूलाई यो आर्थिक वर्षमा हल गर्नसमेत अधिकारीहरूलाई भनेको छ ।

    बैठकमा समिति सभापति ऋषिकेश पोखरेलले कुनै लेखा अधिकारीहरू निश्चित विभाग, मन्त्रालयमा दौडिने गरेको बताउँदै ती अधिकारीहरूले गरेको काम कारबाहीको हिसाब राख्न जरुरी रहेको बताए ।