• काठमाडौं : डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दिपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

    बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

    साहलाई गत चैत १४ गते १४ बुँदे सुधारको सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो ।

    कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्कासित हुनुपरेकाे हाे । 

    photo