• काठमाडौं : प्रतिनिधि सभाले “केही नेपाल ऐन संशोधन विधेयक” पारित गरी सवारीचालक अनुमतिपत्रको अवधि दश वर्ष बनाउने निर्णय गरेको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई ‘दश वर्षसम्म’ले प्रतिस्थापन गरिएको छ ।

    लाइसेन्स नवीकरण गर्दा पनि नयाँ व्यवस्था अनुसार १० वर्षसम्मको मान्यता प्राप्त हुनेछ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।

    नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिन सकिनेछ।