

-
गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा गएको बिनासकारी बाढीले त्यहाँ रहेको मितेरी पुल बगाए पछि चीन तर्फ केरुङमा अलपत्र परी चीन सरकारका तर्फबाट सुरक्षित रुपमा बसोबासको व्यवस्था मिलाइएका सहित २०३ जना नेपाली नागरिकहरुलाई निरन्तरको कुटनैतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा यही जुलाइ २३ तारिख (साउन ७ गते) का दिन तातोपानी नाका हुँदै नेपाल ल्याइने ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बताएका छन् ।
उनका अनुसार यसरी अलपत्र नेपाली नागरिकहरु मध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्च समेत नभएको सन्दर्भमा चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको निरन्तर समन्वय र चीन सरकारका विविध निकायहरु समेतको संलग्नतामा उनीहरुलाई चीन सरकारकातर्फबाट तातोपानी सीमा नाकासम्म पु¥याइने र त्यहाँबाट नेपाली पक्षले नेपाली नागरिकहरुलाई सुरक्षित तबरले नेपाल लगिने कार्यक्रम तय भएको छ ।
News Desk 0 response सोमवार, साउन ६, २०८२
उक्त जानकारी उपलब्ध गराउँदै महावाणिज्यदूत निरौलाले बाढी पीडित नेपाली नागरिकहरुलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउनुका साथै सीमा नाकासम्म लैजाने व्यवस्था मिलाएकोमा चीन सरकारलाई तथा निरन्तरको पहल र प्रयासका लागि नेपाली महावाणिज्यदूतावासलाई निर्देशन र सहजीकरण गर्ने नेपाली अधिकारीहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


