

-
काठमाडौँ ।
नयाँ आर्थिक वर्ष सुरु हुनासाथ केही कार्यलयमा करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूलाई हटाउन लागेपछि निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ ।संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले सेवामा कार्यरत कर्मचारीहरूको मनोबलमा गिरावट ल्याउने र जनसेवामा बाधा पुग्ने बताएको छ ।
लामो समयदेखि निजामती सेवाका विभिन्न तहमा सेवा पु¥याउँदै आएका कारार र ज्यालादारी कर्मचारीहरूलाई सूचना र जानकारी नदिई सेवाबाट हटाउनु अमानवीय भएको संगठनले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, ड्राइभर लगायतका कर्मचारीहरूलाई सूचना विना हटाउनुले संगठन स्तब्ध र आक्रोशित भएको छ ।’
संगठनले सेवा स्थायित्व, समर्पण र जनउत्तरदायित्वका सिद्धान्तअनुरूप सेवा दिँदै आएका कर्मचारीहरूमाथिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । साथै, सरकारले सेवा निरन्तरताको सम्मान गर्दै सम्बन्धित कर्मचारीहरूलाई काममा लगाउनु पर्ने संगठनको धारणा छ ।
संगठनका महासचिव रामचन्द्र अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा स्थानीय तहहरूलाई पनि यस्ता निर्णय गर्दा विचारपूर्वक कार्य गर्न अनुरोध गरिएको छ । साथै संगठनले सम्बन्धित प्रदेश र स्थानीय तहका निकायहरूलाई ध्यानाकर्षण गराएको जनाएको छ ।
News Desk 0 response बिहिबार, साउन २, २०८२

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



