

-
काठमाडौं : सरकारले पेन्सन (निवृत्तिभरण) भुक्तानी सम्बन्धी नयाँ कार्यविधि ल्याएको छ ।
अर्थ मन्त्रालयका अनुसार कार्यविधि बिहीबार (१ साउन) देखि लागु हुनेछ । यस कार्यविधि अनुसार पेन्सन भुक्तानीका लागि किताबखानाबाट जारी भएको अधिकारपत्र बमोजिम निवृत्तिभरकले इच्छ्याएको बैंकमा पेन्सन भुक्तानी खाता खोल्न सकिने सुविधा दिएको छ ।
खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । तर, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय, ९० वर्षमाथिका ज्येष्ठ नागरिक र भारतीय पेन्सन बुझ्नेका हकमा भने परिचयपत्र अनिवार्य छैन । यसरी खोलिएको पेन्सन खाताबाट रकम झिक्नबाहेक अन्य कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ ।
पेन्सन खाता निवृत्तिभरकका हकमा एक वर्ष र पारिवारिक निवृत्तिभरकका हकमा ६ महिनासम्म सक्रिय हुने भएको छ । खाता पुनः सुचारु गराउन स्वयं पेन्सन बुझ्ने व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने भएको छ ।
उता, विदेश बस्ने पेन्सनवालाले समेत विदेशस्थित नियोगबाटै विवृत्तिभरण भुक्तानी खाता नवीकरण सिफारिसका लागि निवेदन दिन सक्ने छन् । नियोगबाट उक्त बेहोराको पत्र निवृत्तिभरण व्यवस्थापन कार्यालयमा पठाउने छन् । सोही अनुसार नेपालमा उनीहरूको खाता नवीकरण हुने भएको छ ।
निवृत्तिभरण खाता सक्रिय गराउन उपस्थित हुन नसक्नेका हकमा भर्चुअल माध्यमबाट खाता नवीकरण गराउन सक्ने सुविधा उपलब्ध हुने भएको छ । त्यसबेला बैंकले लिने सेवा शुल्क भने तोकिए अनुसार तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
पेन्सन हरेक महिना तेस्रो सातासम्म खातामा जाने भएको छ । पेन्सन वा पारिवारिक पेन्सन पाइरहेका व्यक्तिको मृत्यु भए हकवालाले ३५ दिनभित्र निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनु पर्ने गरी तोकिएको छ ।
निरन्तर ५ वर्षसम्म पेन्सन खाता नवीकरण नभएमा त्यस्तो खातामा रहेको रकम राजस्व खातामा दाखिला गर्नुपर्ने भएको छ । सरकारको निवृत्तिभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०७० खारेज हुनेछ ।
News Desk 0 response बुधबार, साउन १, २०८२

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



