

-
काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन् । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म १ लाख रुपैयाँमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन् ।
आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले ८ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताएका हुन् । “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ”, फेसबुकमा उनले लेखेका छन् ।
अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले २ लाखसम्मको उपचार सुविधा पाउनेछन् ।
यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय भइसकेको छ ।
News Desk 0 response बुधबार, असार २५, २०८२

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



