काठमाडौं : आन्दोलनरत चिकित्सकहरूले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनरत छन् ।
संघको शुक्रबार बसेको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको महासचिव डा। सञ्जिव तिवारीले जानकारी दिए ।
उनका अनुसार, आन्दोलनका नयाँ कार्यक्रममा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय भएका छन् ।
जस अनुसार, असार २४ गते मंगलबार चिकित्सकले काउन्सिलमै लगेर काउन्सिलले दिएको प्रमाणपत्र बुझाउने घोषणा गरेका छन् ।
उपभोक्ता अदालतको निर्णयलाई चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा छन् । आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने कार्यक्रम पनि रहेको छ ।