

-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिई उनी आज स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो ।
प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा उच्च पदस्थ सरकारी अधिकृत एवम् सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ यही असार १४ गते त्यसतर्फ गएका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरे। त्यस क्रममा उहाँले स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु देशका विकासका चुनौतीबारे आफ्ना धारणा राखेको थियो । सम्मेलन दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा केन्द्रित थियो ।
प्रधानमन्त्री ओलीका साथ उहाँकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायतको नेपाली प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किएका छन् ।
News Desk 0 response शुक्रबार, असार २०, २०८२

सम्बन्धित शीर्षकहरु
हारमा ह्याट्रिक : रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
शनिबार, फाल्गुन २३, २०८२-
हारमा ह्याट्रिक : रवीन्द्र मिश्रले दिए राप्रपाका..
शनिबार, फाल्गुन २३, २०८२ -
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२
-
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
शनिबार, फाल्गुन २३, २०८२ -
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२



