

-
रुसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ । रुसले रातभर युक्रेनको राजधानी किभलगायतका शहरहरूलाई निशाना बनाएर ५ सय ५० वटा ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।
रुसले प्रहार गरेकामध्ये ४ सय ७६ वटा ड्रोन हवाई प्रतिरक्षा प्रणालीले नष्ट पारेको युक्रेनी वायु सेनाले बताएको छ ।
रुसले युक्रेनको सुमी, खार्किभ र चेर्निहिभ क्षेत्रहरूमा पनि आक्रमण गरेको छ । युक्रेनले यो आक्रमणलाई युद्ध शुरू भएयताकै ठूलो भनेको सीएनएनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो । यो कुराकानीपछि अमेरिकी राष्ट्रपतिले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न तयार नभएकोमा आफू निराश भएको बताएको खबरमा उल्लेख छ । पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा कुनै प्रगति नभएको बताए ।
ट्रम्पको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेपछि किभमा ड्रोन आक्रमण बढेको बीबीसीले जनाएको छ ।
यस्तै युक्रेनले पनि रुसमा ड्रोन आक्रमण गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा रुसमा एक जना महिलाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच युक्रेनसँगको युद्धमा हिजो रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गुदकोभको मृत्यु रुसका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन् ।
रुसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरमा आक्रमण शुरू गरेदेखि युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।
News Desk 0 response शुक्रबार, असार २०, २०८२

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



