• काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत सोमबारदेखि जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा चौथो दिन पनि बैठक बसेको हो ।

    आजको बैठकमा २० जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । अर्जुननरसिंह के।सी।, सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदिपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बूले धारणा राखेका हुन् ।

    त्यस्तै सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयवावु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडाले आ–आफ्नो धारणा राखेका थिए ।

    विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २० गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।