

-
काठमाडौं : नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।
सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् । यद्यपि, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो ।
उनीहरुबाट अपचलन भएको रकम भराउने समेत आदेश भएको एक सैनिक अधिकृतले अनलाइनखबरसँग बताए ।
यो प्रकरणमा जोडिएका कतिपय अधिकारीले अवकाश समेत पाइसकेका थिए । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो ।
के हो घटना ?
सैनिक स्रोतका अनुसार, कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८र७९ र ०७९र८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको हो ।
प्रारम्भिक जाँचमा कैफियत देखिएपछि केही सैनिक अधिकारीहरुलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर छानबिन अघि बढाइएको थियो । त्यसक्रममा अवकाश पाइसकेका दुई जनालाई भने कारबाही गर्न भन्दै जंगीअड्डाले प्रहरीलाई पत्र लेखेको थियो ।
स्रोतका अनुसार, महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरीले तत्कालीन आवास तथा बीमा शाखामा कार्यरत् सेनानी समीर गुरुङ, प्यूठ टिकाराम गोतामे र जमदार रवीन्द्र लुङ्गेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।
उनीहरूमध्ये गुरुङ र लुङ्गेलीले स्वेच्छिक अवकाश लिइसकेका थिए । सेनाबाट अवकाश पाएको ६ महिनापछि सैनिक ऐन आकर्षित नहुने हुँदा लुङ्गेली र गुरुङमाथि अनुसन्धान गरिदिन भन्दै जंगीअड्डाले प्रहरीलाई पत्राचार गरेको थियो ।
पत्रमा जंगीअड्डामा भएको प्रारम्भिक छानबिनका क्रममा बयान दिँदै गोतामे र लुङ्गेलीले सैनिक प्रहरी गणमा सेनानी गुरुङ समेतको संलग्नतामा बहालवाला प्यूठ गोतामेले ४०र५० लाख रुपैयाँ, लुङ्गेलीले एक करोड २५ लाख रुपैयाँ बराबरको अपचलन गरेको खुलेको भनिएको थियो ।
पछि आरोपीहरुको बयानका क्रममा सहायक रथी खड्का र सेनानी कार्कीको समेत संलग्नता खुलेको थियो ।
News Desk 0 response बिहिबार, असार १९, २०८२

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



