• काठमाडौं : साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो ।

    स्वास्थ्य बीमा ऐन, २०७४ ९दोस्रो संशोधन० को दफा ९ को उपदफा (६) तथा नियमावली २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्थामात्र रहने व्यवस्था गरेको थियो । बोर्डका अनुसार प्रथम सेवा विन्दुका रूपमा नराख्ने निर्णय भएकाले २०८२ साउन १ गतेदेखि रिफरको व्यवस्था हटाइएको छ ।