

-
काठमाडौं : प्रतिनिधिसभाबाट आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राखेका प्रस्ताव बहुमतले पारित भएको हो ।
सरकारले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।
प्रतिनिधिसभामा गएको असार १ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरू भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए।
यस्तै विभिन्न सांसदरूले प्रस्तुत खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिष्कारकै बीच बजेट पारित भएको हो । भिजिट भिसा प्रकरणमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । तर छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले आजको संसद् बैठक पनि बहिष्कार गरेका हुन् ।
News Desk 0 response मङ्लबार, असार १०, २०८२

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



