• काठमाडौं : ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ ।

    काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    तर, उनलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता एवं एसपी युवराज खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

    ‘सम्पत्ति शुद्धिकरणबाट पनि हामीलाई पत्र थियो । सोही पत्रको आधारमा नियन्त्रणमा लिएर हामीले पठाएका छौं,’ खड्काले बताए ।

    सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएको थियो ।

    उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।