

-
काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले उनीविरूद्ध सम्पत्ति शुद्धीकरण र घुस लेनदेन मुद्दा दायर गरेको थियो। बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि घुस दिएको आरोप थियो। उनले मेयर बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस दिएको अख्तियारले दाबी गरेको थियो।
अदालतले उनले उक्त घुस लिएको देखिएको आदेशमा उल्लेख गरेको छ।
अख्तियारले सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको थियो। त्यसमा पनि अदालतले दोषी देखाएको हो।
अख्तियारले मेयरकी श्रीमती उर्मिलालाई पनि प्रतिवादी बनाएको थियो।
‘अर्का प्रतिवादी उर्मिला बस्नेतको हकमा निजले जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नभएको निजले सफाइ पाउने,’ आदेशमा भनिएको छ। उर्मिलाले घुस लिएको कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको हो।
पद्मा कोलनीका सञ्चालक राजुप्रसाद कँडेललाई पनि सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ। तर उनलाई घुस दिएको कसुरमा भने अदालतले दोषी ठहर गरेको हो।
उनीहरूको सजाय निर्धारण गर्नका लागि असार १६ गतेको लागि पेसी तोकिएको छ।
News Desk 0 response शुक्रबार, असार ६, २०८२

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



