

-
काठमाडौं : कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अबका केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै तीन वटा प्रदेशका धेरैजसो ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
मनसुन सक्रिय भए पनि केही दिनदेखि सामान्य अर्थात् किसानका लागि उपयोगी हुने गरी मात्रै पानी परिरहेकोमा अबका केही दिन ठूलो पानीको सम्भावना रहेको हो ।
यस्तै अहिले देशका पश्चिमी भू–भागमा मध्यमदेखि ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटीलगायतका क्षेत्रहरूमा अहिले पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिए । यसैगरी दाङ, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
मनसुनी प्रणाली अहिले कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सक्रिय रहेकाले आज राति यी प्रदेशहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशका पनि केही ठाउँमा ठूलो वर्षा हुनसक्ने सम्भावना छ ।
यसैबीच सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी क्षेत्रमा ‘ठूलो बाढी आउन सक्छ’ भन्ने हल्ला फैलिरहेको भए पनि अहिले त्यस्तो जोखिम नभएको महाशाखाको भनाइ छ ।
News Desk 0 response बुधबार, असार ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


