

-
काठमाडौं : ललितपुरको ग्वार्को ‘ओभरपास’ यही असार ६ गते शुक्रवार उद्घाटन हुने भएको छ । सडक विभागका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने तय भएको छ ।
सडक विभागका प्रवक्ता एवम् उपमहानिर्देशक इन्जिनियर प्रभातकुमार झाले कुराकानीमा ओभरपासमा गाडी चलाउन योग्य भइसकेको जानकारी दिए । यद्यपि ट्राफिक बत्ती जडान, सातदोबाटोतर्फ जर्सी ब्यारियर राख्ने र सामान्य रङ्गरोगनको काम भइरहेको र ती काम असार ६ गतेअघि नै सम्पन्न हुने उनले बताए।
ओभरपास सञ्चालनमा आएपछि बालकुमारी–सातदोबाटो मार्ग हुँदै गुड्ने गाडीलाई ट्राफिक जाममा बस्नुपर्ने झन्झट हट्नेछ । सीधै ओभरपासबाट गाडी गुड्ने भएकाले ग्वार्को चोकमा हुने गाडीको चाप कम हुने विभागको अपेक्षा छ । तर ‘सर्भिस लेन’ र ग्वार्को चोक जोडिने ठाउँमा र ओभरपासमुनि गुड्ने गाडीलाई पनि केही समय जाममा बस्नुपर्ने भए पनि पहिलेको तुलनामा जाम कम हुने प्रवक्ता झाको भनाइ छ । यसले यात्रुहरूको समय बचतमा उल्लेखनीय योगदान पुग्ने उनले बताए ।
सुरक्षाका हिसाबले ओभरपासमा ‘क्रस–ब्यारियर’ लाई ‘लेन सेपरेटर’ का रूपमा प्रयोग गरिएको छ भने गाडी ठोकिएमा त्यहीँ रोकिने गरी छेउमा विशेष ‘कर्भ’ बनाइएको छ । सडकमा राति टल्किने बत्ती (क्याट्स आई) जडान हुँदैछ । ओभरपासमा सडक बत्ती जडानका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको जानकारी विभागले दिएको छ ।
यो ओभरपास नेपालमै नौलो प्रविधिमा निर्माण गरिएको संरचना हो । सामान्यतया ओभरपास पिलर उठाएर निर्माण गरिन्छ तर ग्वार्को ओभरपास वाल (भित्तो) उठाएर निर्माण गरिएको हो । यो नेपालमा सडक संरचनाको विकासमा नयाँ प्रयोग हो ।
विभागले महालक्ष्मीस्थान र नख्खुचोक दोबाटोमा समेत ‘अन्डरपास’ र ‘लेभलअप गर्ने योजना अघि बढाइएको छ । यदि आवश्यक बजेट विनियोजन भयो भने ती ठाउँमा पनि निर्माण कार्य थालिने सम्भावना रहेको विभागले जनाएको छ ।
News Desk 0 response सोमवार, असार २, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


