

-
काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै उनले खेद प्रकट गरे ।
मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताए। उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचारप्रसारमा कुनै सत्यता छैन । यस कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । मेराविरुद्धमा नियोजित ढङ्गले, षड्यन्त्रमूलक ढङ्गले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ ।’
गृहमन्त्री लेखकले अनुसन्धानलाई प्रभावित पार्ने काम आफूले नगर्ने र त्यसबारेमा आशङ्का नगर्न पनि आश्वस्त पारेका छन् ।
सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखेका हुन् ।
नेकपा (माओवादी केन्द्र) संसद्को गतिरोध अन्त्य गर्न तयार भए पनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाएका हुन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३१, २०८२


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२