

-
काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै उनले खेद प्रकट गरे ।
मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताए। उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचारप्रसारमा कुनै सत्यता छैन । यस कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । मेराविरुद्धमा नियोजित ढङ्गले, षड्यन्त्रमूलक ढङ्गले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ ।’
गृहमन्त्री लेखकले अनुसन्धानलाई प्रभावित पार्ने काम आफूले नगर्ने र त्यसबारेमा आशङ्का नगर्न पनि आश्वस्त पारेका छन् ।
सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखेका हुन् ।
नेकपा (माओवादी केन्द्र) संसद्को गतिरोध अन्त्य गर्न तयार भए पनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाएका हुन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३१, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३
-
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३ -
भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४..
सोमवार, बैशाख ७, २०८३ -
सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिने तयारी
सोमवार, बैशाख ७, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



