

-
काठमाडौँ ।
सामान्यतया सरुवा भएका कर्मचारीलाई रमाना दिएर बिदाई गरिहाल्ने नियम हुन्छ । कुनै ठूलै समस्या भएमात्र रमाना रोकेर कर्मचारी थमौती गरिन्छ । तर, मालपोत कार्यालयहरूमा सेटिङमै रहेका कर्मचारीहरू भने मन्त्रालयले सरुवा गर्दा पनि अनेक बहानामा सम्बन्धित कार्यालयमा नै रहन्छन् । कास्की मालपोतमा पनि यस्तै काम हुने गरेको छ ।मालपोत कार्यालय कास्कीका नायब सुब्बा धर्मदत्त सुवेदीको मन्त्रालयले सरुवा गरेको धेरै समय भइसक्यो । तर, उनलाई कार्यालय प्रमुखले रमाना दिएका छैनन् । निश्चित समय भएपछि सामान्य प्रकाशन मन्त्रालयले सरुवाको पत्र पठाइसकेको छ । तर, सुवेदी अझै पनि कास्की मालपोतको मालपानीमा रमाई रहेका छन् । २०८२ जेठ १ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०४३६७ कर्मचारी सङ्केत नम्बरका सुवेदीलाई अन्यत्र सरुवा गरिएको हो । तर, उनलाई त्यहाँका प्रमुख चिरञ्जीवी पौडेलले अहिलेसम्म पनि रमाना दिएका छैनन् । सुवेदी मात्र होइन मालपोत कार्यालय कास्कीका १८५२४१ कर्मचारी सङ्केत नम्बर भएका नायबसुब्बा दीपक सुवेदीलाई पनि सरुवा गरेको छ । २०८१ चैत्र ६ गते नै मन्त्रालयले सरुवा गरेको पत्र कास्की मालपोतमा पठाएको थियो । तर, उनी पनि अहिलेसम्म कास्की मालपोत मै उठ्तीपुठ्ती गरिरहेका छन् । उनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ३०, २०८२
अर्का नायब सुब्बा सङ्केत नम्बर ११७६९० रहेका डिल बहादुर क्षत्रीको पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कृषि मन्त्रालयमा सरुवा गरेको पत्र पठाएको छ । उनलाई पनि गत जेठ १ गते सरुवा गरेर पत्र पठाइएको हो । तर, उनी मालपोतमा अतिरिक्त आम्दानी गरेर कार्यालय प्रमुखलाई पनि खुशी पारिरहेका छन् । त्यसकारण पनि उनलाई रमाना दिइएको छैन ।
कास्की मालपोत अतिरिक्त आम्दानी हुने मालदार अड्डाको रुपमा चर्चित छ । यहाँ बसेर कर्मचारीले मनग्ये अवैध आम्दानी गर्ने कारण समयावधि पुगेर मन्त्रालयले सरुवा गरेपनि सुब्बाहरू फर्कन मान्दैनन् । त्यसोत कार्यालय प्रमुखको पनि सेटिङ् मिलेका कारण प्रमुखले पनि रमना नदिएर अवैध आम्दानी गरिरहेका हुन्छन् । यता कार्यालय प्रमुख भने पत्र नआइपुगेको भन्दै पन्छिने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२