

-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्द भ्रष्टाचारको आरोपमा आज मुद्दा दर्ता गरेको छ ।
परियार अहिले सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । त्यसैगरी काठमाण्डौ महानगरपालिकाका निर्देशकद्वय रबीनमान श्रेष्ठ, बसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जर्नादन गिरीलाई अख्तियारले मुद्दा दर्ता गरेको हो । अख्तियारले चार करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी गरेको छ ।
काठमाण्डौ महानगरपालिकाले सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड नौ लाख २२ हजार तीन सय २५ रुपैयाँ कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार छ सय १२ रुपैयाँ कबोल गरेको थियो ।
ठेक्का प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार दुई सय ३७ रुपैयाँ दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । त्यही उजुरीका आधारमा गरेको अनुसन्धानबाट भ्रष्टाचार हुन गएको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


