

-
काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको छ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



