• काठमाडौं ।

    अखिलको महाधिबेशन हुँदैछ । यसको नेतृत्वका लागि रामेछापका सुजन कडरिया अघि बढिरहेका छन् । अनेरास्ववियुको सदस्य भएको पनि १५ वर्ष भएका कडरिया फरक पृष्ठभूमिका कारण पनि थप चर्चामा छन् । २०६७ सालमा काठमाडौं भूगोल जिल्ला समिति सदस्य हुँदै अघि बढेको कडरियाको बिद्यार्थी राजनीति अनवरत छ । पढाईसँगै राजनीतिमा लागेर उदाहरण बनेका सुजन अध्यक्ष पदको गरिमा राख्ने मध्येमा पर्दछन् ।

    २०७३ सालमा काठमाडौं युनीभर्सिटी स्कूल अफ मेडिकल साइन्सको संस्थापक सभापति हुँदै भएका सुजनले २०७५ सालमा , २०७६ सालमा, २०७७ सालमा, २०७८ सालमा , २०७८ सालमा बिभिन्न पदमा नेतृत्व गर्दै २०७९ सालमा भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा निर्वाचित हुन सफल भएका हुन् । त्यो बेला म्यान अफ द ईलेक्सन भएका थिए । विद्यार्थी आन्दोलनमा लागेको थोरै समयमा पनि प्रभव जमाएका सुजनलाई भावी अध्यक्षका रुपमा देख्न चाहेको धेरै प्रतिकृया आईरहेको छ । उनले भनेका छन्,
    ‘संगठनमा ३२ को उमेर हद कायम भएसंगै लामो समयसम्म आफ्नो जीवनको महत्वपूर्ण समय दिनुभएका हाम्रा अग्रजहरु विद्यार्थी आन्दोलनबाट पार्टि आन्दोलनमा प्रतिस्थापन हुनु परेको छ । उहाँहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । अब नेतृत्वको आकाक्षीहरुले अतीतलाई भजाएर मात्र आन्दोलनको आधुनिक युगको शुभारम्भ हुन सक्दैन । विद्यार्थी आन्दोलनको आधुनिक युगको शुभारम्भको लागि अबको अनेरास्ववियुको बाटो कस्तो हुनुपर्छ भनी मेरा पनि केही सपनाहरू छन् ।’