• काठमाडौं : प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।

    प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए ।

    सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् ।

    सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेपनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरे ।

    विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् ।