

-
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरि १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ । त्यही समितिको रजिष्ट्रार जनकबहादुर रावल छन् । उनी सुब्बा सरहका कर्मचारी हुन् । त्यसकारण पनि उनी ट्रेड युनियन आन्दोलनमा सकृय छन् । कानुनतः अधिकृतसम्मका कर्मचारीमात्र टे«ड युनियनमा आवद्ध हुन पाउने व्यवस्था छ । तर, रावल भने सहसचिवस्तरको सुविधा लिएर नेपाल कर्मचारी युनियनको महासचिव बनिरहेका छन् ।
परिषद्को नियमावली अनुसार रजिष्ट्रार बन्न खुला प्रतिष्पर्धा बाट छनौट हुनु पर्छ । मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरी कम्तीमा ‘ख’ श्रेणीको नाम दर्ता भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई तोकिए बमोजिम खुला प्रतिस्पर्धाको माध्यमबाट परिषद्को रजिष्टार नियुक्त गर्न सक्ने परिषद् ऐन २०७९ मा उल्लेख गरिएको छ । तर, सुव्वा सरहका सरकारी कर्मचारी रहेका रावलको नाम परिषद्को वेवसाईटमा रजिष्ट्रार भनेर फोटोसहित राखिएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ २२, २०८२
उनको नियुक्तिका विषयमा उजुरी पनि परेको थियो । तर, त्यो उजुरी पनि झिसमिस बनाएर रावलले परिषद्मा मस्ती मारिरहेका छन् । गाडीदेखि अनेकन सुविधामा उनी मस्त छन् । युनियनको महासचिवको राजनीति पनि गरिरहेका छन् । राजनीतिक गर्दै राजपत्राङ्कित प्रथम श्रेणीको सुविधा लिइएको विषय चर्चा छ । अकुत आम्दानी गरेका रावलको विषयमा सम्पत्ति शुद्धिकरणमा पनि उजुरी छ । तर, उनी राजनीतिक आवरणमा जोगिदै आएका छन् ।
रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति पनि हुन्छ । सिफारिस समितिले पनि रावलको हकमा आँखा चिम्लिएको मन्त्रालयका कानुनको एक कर्मचारीले बताए । नियमविपरीत भएको यस्ता कार्य खारेजयोग्य हुने कानुनका जानकार बताउँछन् । तर, उजुरीसमेत मिलाएर रावलको नियुक्ति भएका कारण यस विषयमा कानुन शाखा चुप लागेको बताइन्छ ।
अवैध नियुक्ति भएका रावलको चुरीफुरीले अहिले परिषद् पनि बदनाम बन्दै गइरहेको छ । त्यहाँ भएको काममा हालीमुहाली गर्दै आएको रावलले माथिल्लो निकायमा रकम बुझाउनु पर्छ भन्दै असुल गर्न थालेको एक कर्मचारीले बताए । काँग्रेस भित्र शेरबहादुर देउवाको खास व्यक्ति भएको दावी गर्दै सङ्गठनमा पनि भाँडभैलो गरिरहेको आरोप रावललाई छ । आगामी महाधिवेशनमा अध्यक्षको दाबेदारी गर्ने रावल सङ्गठनमा बसेर सबैभन्दा धेरै अर्थोपार्जन गर्ने व्यक्तिकारुपमा परिचित छन् ।


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२