

-
काठमाडौं : सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
मंगलबार पनि दुवै सदनको बैठक बोलाइएको थियो तर प्रतिपक्षी दलहरूसँग सहमति हुननसक्दा बस्न सकेन । सभामुखले बिहानदेखि छलफल चलाए पनि बैठक बस्ने वातावरण नबनेपछि आजका लागि तय भएको थियो ।
प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् । उनीहरूले लेखकको राजीनामा समेत मागेका छन् । तर, सत्तारुढ दलहरू उनीहरुको मागमा सहमत छैनन् । उनीहरूले गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिपक्षी दलहरुको बैठकले २०६४ यताका गृहमन्त्रीहरू माथि छानबिन गर्न सत्तारुढ दल तयार भए गृहमन्त्री लेखकलाई बोल्न दिने निर्णय गरेका छन् ।
News Desk 0 response बुधबार, जेष्ठ २२, २०८२

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



