

-
जुम्ला : जुम्लाका किसानहरू मार्सीधान रोप्न व्यस्त रहेका छन् । ८ वटै पालिकामा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिए ।
जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ । मार्सीधानको चामलले बजार पाउन थालेपछि किसानले खेती बढाएका कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।
सिञ्जा, चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली तथा रातो मार्सीधानको रोपाइँ धमाधम भइरहेको छ ।
जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये १ हजार २ सय हेक्टरमा मार्सीधानको खेती हुने गरेको कार्यालयका प्रमुख अधिकारीको भनाइ छ ।
सुरूमा चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा रोपाइँ गरेको इतिहास छ । हरेक वर्षको जेठ १४ गते शेरा खेतमा रोपाइँ हुने गरेको छ ।
पछिल्लो समय पालिकाहरूले मार्सीको विस्तार र संरक्षणका लागि विभिन्न कार्यक्रम अघि सारेका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


