

-
काठमाडौं : पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
गएरातिदेखि बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय भएकाले लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
गएको ३ घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौं उपत्यकासहित अरु विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् गोविन्द झाले बताउनुभयो ।
आज कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना देखिएको छ । यस्तै बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानी पार्ने प्रणाली भोलि र पर्सि झन् धेरै सक्रिय हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यो प्रणालीले मधेश प्रदेशको जनकपुरदेखि पूर्वी तराईमा ठूलो पानी पर्ने सम्भावना रहेको जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीले बताउनुभएको छ । यस वर्षको मनसुन पनि शनिवारदेखि शुरू हुने अनुमान छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


