

-
काठमाडौँ ।लामो जागिरे जीवनमा उनले तीन दशक हाराहारी निर्वाचन आयोगमा सेवा गरे । सधैँ शान्त स्वभाव देखाउने ती शाखा अधिकृतकोे कसैप्रति वैरभाव थिएन । लामो संगत गरेका सहकर्मी पनि उनीप्रति यस्तै टिप्पणी गर्छन् । अनि पैसाकै पछि लागेर मोजमस्ती गर्ने चाहना पनि थिएन । त्यही भएर सरकारले जता खटायो उतै बसिरहे । पछिल्लो समय सचिवको सचिवालयमा सेवा गरे । निर्वाचन अयोगमा सचिवको कार्यकक्ष अगाडि कुर्सीमा बसेर शान्तसँग आगन्तुकलाई सेवा गर्ने उनको दैनिकी थियो । उनी अर्थात शाखा अधिकृत प्रकाश भण्डारी पछिल्लो समय गृहसचिव गोकर्णमणि दुवाडीको सचिवालयमा थिए । निर्वाचन आयोगमा गरेको काम चित्त बुझेर दुवाडीले भण्डारीलाई गृहसम्मै ल्याए ।
योबीचमा हुम्ला जिल्लाको कायम मुकायम प्रमुख जिल्ला अधिकारी पनि हुने अवसर पाए । तर, धेरै दिन त्यहाँ बसेनन् । पुनः गृहमन्त्रालय नै फर्किए । गृहमन्त्रालयमै रहँदा जागिरे जीवनको उत्तराद्र्धमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा काम गर्दै थिए । त्यहाँ बसेर कति काम गरे थाहा छैन । तर, झण्डै एक महिना अघि आफैँ ईहलीला समाप्त गरे । अथवा आफैँले डोरी किनेर घर लगे अनि त्यही डोरी घाँटीमा पासो लगाएर घरको भर्याङ्गमा झुण्डिए ।
उनलाई किन जीवनसँग बिरक्त लाग्यो धेरै लाई थाह छैन । तर, शान्त स्वभावका भण्डारी कहिल्यै नफर्कने बाटो लागे । पारिवारिक स्रोतका अनुसार कार्य क्षेत्रमा तनाव भएको कहिल्यै बताएनन् । कार्यालयका सहकर्मीकै अनुसार पनि तनावका कुरा कहिल्यै गरेनन् । तर, उनलाई छोराको पीर थियो । छोरोको पेटमा भएको समस्या र उपचारको चक्करमा भने उनी थिए । बुझ्नेहरु भन्छन्,‘ यही समस्याको पीडामा उनले जीवन समाप्त पारिदिए ।’ तर, सत्य के हो खोलेनन् ।। उनले जीवन जिउन रहर नलागेर आफैँले आफूलाई सकाए । अथवा आत्महत्या गरे ।
News Desk 0 response सोमवार, जेष्ठ १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


