• गृह मन्त्रालयले फर्जी भिसा काण्डमा गृह नेतृत्वको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ । एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयले गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ।

    शनिवार मन्त्रालयका प्रवक्ता एवं सहसचिव छवि रिजालले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो दाबी गरेका छन्। तर, नेपाली काँग्रेसकै संस्थापक ईतर वाटै गृहमन्त्रीले राजिनामा दिनु पर्ने आवाज उठेको छ । सामाजिक सञ्जालमा पनि गृहमन्त्रीप्रति निक्कै आलोचना भएको यो बिषयमा

    यसअघि गृहमन्त्री रमेश लेखकले मन्त्रालयबाट आजै विज्ञप्ति आउने जानकारी दिएका थिए। आफू भने दुईचार दिनमा यो विषयमा बोल्ने बताएका थिए।