• काठमाडौँ । 
    अहिलेका मुख्यसचिव  प्रधानमन्त्री केपी ओलीका कृपापात्र हुन् । सङ्घीय संसद्का सचिव पदमप्रसाद पाण्डेलाई पनि ओलीकै कृपाले यो पद आइलागेको हो । बिभिन्न विवाद हुँदा पनि उनलाई केपी ओली र एमालेले बोकेको स्पष्टै छ ।  अहिले सारा जनताले सकारात्मक काम भनेको कुलिङ पिरयिड हटाउन यिनै उच्चपदस्थ लागेका छन् । सार्वभौम संसदीय समितिले पास गरेको विषयमा समेत उनीहरूले चुनौती दिइरहेका छन् । यसले नेकपा एमाले र प्रधानमन्त्री ओलीप्रति प्रश्न उठाउने अवस्था सिर्जना गरिदिएको छ । यस विषयमा समितिका सभापति रामहरि खतिवडाले प्रतिकृया दिएपनि नेकपा एमालेका नेताहरूको प्रतिकृया भने आएको छैन । 
    कुलिङ पिरयिड कानुनमा नराख्न यिनै कृपापात्रहरु ले कानुन विपरित रोइलो गरिरहेका छन् । उच्च पदस्थ कर्मचारीलाई  नभएको ट्रेड युनियनको अधिकार प्रयोग गरेको तल्ला कर्मचारी नै बताउन थालेका छन् । तल्ला तहका कर्मचारी वर्षौंसम्म एउटै पदमा रहँदा पनि चुइक्क आवाज नउठाउने उच्च तहका कर्मचारीले आफ्नो लागि गरेको यो हर्कत अशोभनीय रहेको बिभिन्न चर्चा छ । 
    लामोसमय नेपालमा पत्रकारिता गरेर अहिले विदेशी सञ्चारमाध्यममा काम गरिरहेका पत्रकार भद्र शर्मा मुख्यसचिव हुन कि ट्रेड युनियनको नेता ? भनेर प्रश्न गर्छन् । 
     जिन्दगीभर सरकारी जागिर खाएर पुगेन रिटायर्ड भएकै भोलिपल्ट फेरि अर्को आकर्षक जागिर चाहियो भनेर यत्रो विधि घरदैलो नगरेको भए हुने भन्ने उनको तर्क छ ।  
    शारीरिक रुपमा थकित, मानसिक रुपमा स्खलित तपाईको जीर्ण शरीरलाई फेरि अर्को नियुक्तिका लागि तनाव नलिनुहोस् भन्दै शर्माले सामाजिक सञ्जालमा सुझाव दिएका छन् । शर्मा भन्छन्,‘पदमा रहँदा सित्तैमा आउने सुविधा तपाई आफूले त लिनुभयो नै, सरकारी सेवामा रहेका घरपरिवारका सदस्य देखि नातासम्बन्धका सबैलाई पुर्‍याउनु भयो एक कल फोनको भरमा ।’  
    पेन्सनले नपुगेर भोकले मर्ने नै अवस्था हो भने रिटायर्ड भएको भोलिपल्ट सिंहदरबारको दक्षिण गेट आसपासमा मकै पोल्ने, चिया बेच्ने, कफी शप चलाउने देखि गाउँमा गएर सुन्तला खेती गर्नेसम्मका अनेक विकल्प बाँकी भएको कारण  यो तहको हर्कत नगर्न उनको सुझाव छ । 
    कुलिङ पिरियड हटाउन खोजे उद्योग सचिवबाट रिटायर्ड भएको भोलिपल्ट निजी व्यापारिक घरानाको नोकर हुन जाने परम्परा दोहोरिरहन्छ । आफैले राज गरेको गैरसरकारी संस्थाको निमुखा कर्मचारी हुनुपर्छ । अवकाश पछि केही वर्ष जागिरको मेलोमेसो मिलाउने लोभमा सम्झौता गरेर अनुचित काम गर्ने लत लागिरहन्छ ।
    जीवन धान्न नै नसिकने भए गो फण्डमा क्राउड फन्डिङको पहल गरौं । क्राउड फण्ङिमा शून्य रकम जम्मा भएपनि प्राण धान्न पशुपतिका धर्मशाला छँदैछन । 

    कुलिङ पिरियड’ कानुनकै रूपमा अघि बढ्ने भएपछि मुख्यसचिवदेखि अन्य सचिवको सिंहदरवार दौडहा बढेको छ । सिंहदरवारभित्र नारा जुलुस बर्जित छ तर, मुख्यसचिवकै नेतृत्वमा १० भन्दा धेरै मानिसको जथ्था सिंहदरवारभित्रै सभामुख र राष्ट्रियसभा अध्यक्षको दैलोमा जुलुस पुगेको दृष्यले कानुनलाई नै गिज्याएको छ । 
    हुल बाँधेर कहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन्, कहिले काङ्ग्रेस सभापति शेरबहादुर देउवाको दैलो पुगेका उच्च पदका कर्मचारीले बर्तमान सरकारलाइ नै चुनौती दिएका छन् ।  

    सार्वभौम संसदीय समितिले गरेको निर्णयलाई नेताको तोकादेशबाट पन्छ्याउन उनीहरूले जोडबल गरिरहेका छन् । बिहीबार, उनीहरू हुल बाँधेर  प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई भेट्न पुगे । 

    मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय, कानुन सचिव उदयराज सापकोटा, श्रम सचिव कृष्णहरि पुष्करसहित २० भन्दा बढी सचिवले लस्कर लागेर सभामुख र राष्ट्रियसभा अध्यक्षलाई भेटे । 


    कर्मचारीतन्त्रमा एउटा विकृति छ । अवकाश हुनासाथ  आकर्षक नियुक्तिका लागि पुगिहाल्ने ।  अवधि बाँकी रहँदै राजीनामा दिएर आकर्षक पदमा नियुक्ति हुने चलन पनि आएको छ । 

    सरकारमा रहेका राजनीतिक नेतृत्व वा प्रतिनिधिसँग उनीहरूको दिनानुदिन सम्पर्क हुन्छ । उनीहरूले राजनीतिक सम्बन्ध पनि क्रमशः विस्तार गर्दै जान्छन् । त्यही सम्बन्धको आडमा आकर्षक स्थानमा नियुक्तिको विकृति निजामती प्रशासनमा  बढेको छ ।  
    बहालवाला मुख्यसचिव एकनारायण अर्याल आफ्नो कार्यकाल एक वर्ष लम्बिने स्वार्थमा लागिरहेका छन् ।  अवकाशको उमेर ५८ बाट ६० वर्ष बनाउने विधेयकको व्यवस्था प्रमाणीकरण भएको ३५ दिनपछि मात्र लागू  गर्न  मुख्यसचिवले जोडबल गरिरहेका छन् ।