• काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई बुधवार अख्तियारको नियन्त्रणमा पुगेका छन् । माथिदेखिकै मिलेमतोमा गैरकानुनी काम हुने गरेका कारण उनलाई बार्वाही हुनेमा आशंका छ । त्यसोत भट्टराई जोडेर समाचार आएपछि उनलाई गृहमन्त्रालय तानिएको थियो । कार्वाहीबाट बचाउन गहृमन्त्रालय तानिएको शंका गरिएको छ । बिगतमा काम भएर रोकिएको विमानस्थलमा अहिले पुन अबैध काम हुन थालेको हो ।

    केही वर्ष पहिले विमानस्थल अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का दुई लाख रुपैयाँ घुससहित समातिए । उनीसँगै अन्य धेरै कर्मचारीको मिलेमतो देखिएको थियो । अध्यागमनमात्र होईन  फर्जी कागजातका आधारमा बिदेश पठाउन सहयोग गर्ने विमानस्थलका कर्मचारीहरूलाई पनि पक्राउ गरियो । योसँगै केही समय उक्त काम रोकियो । अहिले पुनः काम सुरु भएको छ । 

    फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारीदेखि अध्यागमन कार्यालयका कर्मचारी पनि संलग्न छन् । केही बर्ष पहिले यो धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत  होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पक्राउ गरेको थियो । 

    प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राजकिशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए । उक्त रकम रोलेक्सका सञ्चालक देवराज खनालले उपलब्ध गराएका थिए । निगमका सुब्बा यादवले अन्ट्राट्रिप ट्राभलका सञ्चालक मनुराज चौधरीबाट १२ लाख रुपैयाँ घुस बुझेका थिए । फर्जी कागजात बनाएर नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा अध्यागमन र  वायुसेवा निगमका कर्मचारीले काम सुरु गरेका छन् । तर, प्रहरीले वेवास्ता गरिरहेको छ । 

    जानकारहरुका अनुसार यसरी कर्मचारीले संकलन गरेको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको छ ।

    त्यसका लागि विमानस्थल कार्यालय र त्यहाँको अध्यागमन कार्यालय जान निक्कै रस्साकस्सी हुन्छ । अहिले अध्यागमन विभागका निर्देशक गोविन्द रिजाल र विमानस्थल  कार्यालयका प्रमुख तीर्थ भट्टराईले रकम संकलनको नेतृत्व गरिरहेको एक बिचौलियाले बताए ।

    बिगतमा आफूसँग काम गरेका र अहिले अर्कै कम्पनीमार्फत रकम असुल्न थालेपछि उनी आक्रोशित बनेका हुन् ।  त्यतिमात्र होईन विमानस्थलको अध्यागमन कार्यालयमा हुने अवैध कामको अतिरिक्त रकम गृहमन्त्रालयको उच्चपदस्थसम्म पुग्ने गरेको एकपूर्व कर्मचारीले बताए । 


    ती भुक्तभोगीकाअनुसार  विमानस्थलमा कर्मचारीको मिलेमतोमा कोड भाषा प्रयोग हुन्छ । अवैध मानिसलाई बिदेश पठाउने फर्जी कागजातको लागि कोड भाषा नै निर्माण गरिएको छ । 

    सूचनाअनुसार दैनिक ३ सय देखि  ४  सय  मानिससम्म यसरी फर्जी कागजातका मानिसहरु देश बाहिर जाने गरेका छन् । उनीहरु पर्यटक भिषामा विमानस्थलबाट  बाहिरिन्छन्  । यसको संयोजन भने ट्राभल एजेन्सीले गर्ने गरेको छ । 
    पर्यटक भिषामा बाहिर गएकाहरु उतै लुकेर बस्नका लागि फर्जी कागजात अध्यागमन कार्यालय विमानस्थलका कर्मचारीले बनाउने गरेका छन् ।  
    यसरी फर्जी कागज बनाएको खाडी राष्ट्रको लागि पुरुषबाट ४० हजार रुपैयाँ र महिलाबाट २० हजार रुपैयाँ  लिने गरिन्छ । 

    युरोपका मुलुक जानका लागि पुरुष अथवा महिलालाई  ५०–५० हजार रुपैयाँ असुल गरिन्छ । चिली, ब्राजिल जस्ता देशहरूका लागि प्रति व्यक्ति  १ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।  अमेरिका जस्ता ठूला देशका लागि जतिपनि रुपैयाँ तिर्न तयार हुने मानिस भेटिएका छन् । 

      यसरी दैनिक ३ सयदेखि ४ सय जना मानिस फर्जी कागजबाट बिदेश जाँदा पचास हजारकै दरमा पनि दैनिक लाखौं रुपैयाँ संकलन हुने गरेको छ । 
    यो बिषय प्रतिनिधिसभामा पनि उठाईएको थियो । रास्वपा सांसदले यो बिषय उठान गरेका कारण अन्य सत्तारुढ दलका सांसदले उल्टो खिसीट्युरी गरेका थिए । 
    ट्राभल एजेन्सीको लाईनमा अध्यागमन कर्मचारीको मिलेमतोमा करोडौं अवैध रकम संकलन हुने भएपनि यस बिषयमा प्रहरी प्रशासन र अख्तियारवाला   निकाय आँखामा पट्टी बाँधेर बसेको छ । सत्तारुढ दलकै कर्मचारीका युनियनको दादागिरीमा  यहाँ कर्मचारीहरु पठाउने कारण पनि तै चुप मै चुपको अवस्था रहेको छ ।