

-
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदै छ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसिसिआई० र नेपाल उद्योग परिसङ्घ ९सिएनआई०बिच छलफल हुनेछ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दै छ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।
यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबिच छलफल हुनेछ ।
सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन ९विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ०का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदै छ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्य योजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ९, २०८२

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३
-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



