

-
काठमाडौं: नेपाल टेलिकमले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । नेपाल टेलिकमको मात्रै नभई पछिल्ला केही वर्षयता टेलिकम सेवा प्रदायक एनसेलको आम्दानीमा पनि उल्लेख्य कमी आएको दूरसञ्चार प्राधिकरणको तथ्याङ्क छ ।
सञ्चालनमा रहेका दुई वटा टेलिकम कम्पनीको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो । तर आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । कल, म्यासेजसहित मोबाइलको डाटा खपत पनि घटेको छ । अत्यधिक कर पनि नाफा घट्नुको कारण हो । टेलिकम कम्पनीहरूले भ्याटसहित २१ दशमलव २ प्रतिशत कर तिर्छन् ।
आम्दानी निरन्तर रूपमा घट्दै जाँदा कम्पनीलाई सेवा विस्तार गर्न, नयाँ प्रविधिमा लगानी गर्न तथा समग्र सेवा सञ्चालन गर्न खर्च व्यवस्थापनका हिसाबले दीर्घकालीन रूपमा चुनौती थपिने नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले बताउनुभयो ।
निरन्तर घट्दो आम्दानीले फाइभजी सेवा शुरू गर्न कठिन भइरहेको कम्पनीहरू बताउँछन् । फाइभजी सेवा पूर्णरूपमा सञ्चालनमा ल्याउन दुवै टेलिकम कम्पनीले ६० अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
News Desk 0 response बुधबार, जेष्ठ ८, २०८२

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



